मन्त्रिपरिषदबाट तीन सहसचिव राजदूतमा सिफारिस « Khabarhub

मन्त्रिपरिषदबाट तीन सहसचिव राजदूतमा सिफारिस


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले जर्मनी, बेल्जियम र पाकिस्तानका लागि राजदूत सिफारिस गरेको हो।

सिफारिस हुनेहरूमा परराष्ट्र मन्त्रालयका सहसचिवहरू गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्का रहेका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिए।

उनका अनुसार खड्कालाई जर्मनी, अधिकारीलाई पाकिस्तान र राजभण्डारीलाई बेल्जियमको राजदूतमा सिफारिस गरिएको हो। अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि उनीहरू राजदूत नियुक्त हुनेछन्।

अहिले दक्षिण अफ्रिका, दक्षिण कोरिया र श्रीलंकालगायत देशमा राजदुत रिक्त छन्।

 

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ५ : २७ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा