२४ अर्ब ऋण र ४ अर्ब अनुदान लिने सरकारको निर्णय « Khabarhub

२४ अर्ब ऋण र ४ अर्ब अनुदान लिने सरकारको निर्णय


२ भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले एसियाली विकास बैंकबाट रु.२४ अर्ब (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ।

विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको लागि एसियाली डेभलप्मेन्ट बैंक (एडीबी)बाट उक्त ऋण लिने निर्णय गरेको हो।

अन्तरदेशिय प्रसारण तथा वितरण प्रणालीका लागि सरकारले अर्थ मन्त्रालयको प्रस्तावमा यो ऋण लिने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए।

सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले भने, “नर्वे सरकारबाट प्राप्त हुने रु.४ अर्ब अनुदान पनि स्वीकार गर्ने निर्णय गरिएको छ।”

चालू आर्थिक वर्षको बजेटमा सरकारले रु २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने उल्लेख गरेको छ।

यस्तो ऋणमा वैदेशिक अनुदान मात्रै रु.६० अर्ब ५२ करोड हुने अनुमान सरकारको छ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ५ : ३९ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले