प्रेस काउन्सिल कार्यालय भदौ ७ सम्म बन्द « Khabarhub

प्रेस काउन्सिल कार्यालय भदौ ७ सम्म बन्द


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रेस काउन्सिल कार्यालय भदौ ७ गतेसम्म बन्द हुने भएको छ ।

कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको काउन्सिल बोर्ड बैठकले कोरोना भाइरसको बढ्दो संक्रमणको कारण देखाउँदै कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

काउन्सिल सदस्य ईश्वरी ओझाका अनुसार काउन्सिलका केही कर्मचारीलाई रुघाखोकी लागेको र पीसिरआर परीक्षण गराउने कुरा भएकोले स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर कार्यालय बन्द गर्ने निर्णय भएको हो ।

बैठकले नवनियुक्त सदस्य दीपक पाण्डेलाई स्वागत गरेको थियो । बैठकमा पाण्डे पनि सहभागी भएका थिए । सरकारद्वारा कार्यबाहक अध्यक्ष नियुक्त भण्डारी भने उपस्थित थिइनन् ।

ओझाका अनुसार अनलाइनबाट हुने काम कर्मचारीहरुले घरैबाट गर्नेछन् ।

सञ्चार तथा सूचना मन्त्रालयले काउन्सिलको कुल नौ सदस्यीय बोर्डमा रिक्त दुई सदस्यको स्थानमा गत शुक्रबार दुर्गा भण्डारी पौडेल र दीपक पाण्डेलाई नियुक्त गरेको थियो । लगत्तै सरकारले नवनियुक्त सदस्य भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको जानकारी गराइएको थियो ।

श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यबाहक अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिल बोर्डले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । चार वर्षअघि नियुक्त अध्यक्ष भवानी बरालविरुद्ध रिट परेपछि सर्वोच्च अदालतले उनलाई काम गर्न रोक लगाएको थियो ।

अदालतको उक्त आदेशपछि श्रेष्ठ कार्यबाहक अध्यक्षका रूपमा कार्यरत छन् । बरालको नियुक्तिविरुद्धको रिट अझै विचाराधीन छ । श्रेष्ठको पदावधि आगामी असोज १२ गते सकिँदै थियो । काउन्सिल सदस्य ओझाका अनुसार कार्यबाहक अध्यक्ष नियुक्त गर्ने सरकारको निर्णय ऐन र नियावली विपरीत हो । कार्यबाहक अध्यक्ष आवश्यक पर्ने अवस्थामा बोर्ड सदस्यहरूले आफूमध्येबाट छान्ने व्यवस्था रहेको उनले बताए ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : १० बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा