राप्रपाको चुनाव चिन्ह गाई नै हुनुपर्छ – अध्यक्ष थापा « Khabarhub

राप्रपाको चुनाव चिन्ह गाई नै हुनुपर्छ – अध्यक्ष थापा


२ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह गाई नै हुनुपर्ने बताएका छन् ।

गाई चुनाव चिन्हले नै राप्रपाले धेरै मत ल्याएको बताउँदै थापाले चुनाव चिन्ह गाई फेर्न नहुने बताए । उनले भने, ‘गाई चुनाव चिन्हमा राप्रपा कै ईतिहास मै अहिलेसम्मको सर्वाधिक मत परेको छ। अहिले पनि राप्रपाका ९५ प्रतिशत स्थानीय तहका प्रतिनिधि, एक संघीय सांसद र ३ प्रदेशसभा सांसद गाई चिन्हबाट निर्वाचित छन्।’

थापाले भने, ‘गाई तुलनात्मकरूपले अत्यन्त लोकप्रिय चिन्ह हो। २०४७ साल जेठ १५ गते राप्रपा स्थापना हुँदा दुई घटक मध्ये एकको चुनावचिन्ह गाई थियो। फेरि, राप्रपाको मुख्य एजेण्डा हिन्दुराष्ट्र हो। हिन्दुत्वको प्रतिक गाई हो। यस्तो वास्ततिकता थाहा हुँदा हुँदै राप्रपा कै केही साथीहरू चुनावचिन्ह जे भएपनि हुन्छ भन्दै हिंडेको देख्दा दु:ख लाग्छ, चित्त दुख्छ।’

‘चुनाव चिन्ह पार्टी एकीकरण हुँदाको सम्झौता अनुसार ६ महिनाभित्र पार्टीलेको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ,’ थापाले भने, ‘यो सहमति हतारमा वा बेहोसी अवस्थामा गरिएको होईन। महिनौंको छलफल, विवाद र बहस पछि गरिएको हो। त्यसर्थ, उक्त सहमतिको सम्मान हुनुपर्छ।’

पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्न नेतृत्वले समयमा आवश्यक, उपयुक्त र साहसिक  निर्णय गर्ने पनि थापाले बताए । उनले भने, ‘कसैले भावुक बनेर पक्ष विपक्षमा वकालत वा मत बनाउनु पर्दैन . आवश्यक छैन । भोलि सहमति र प्रक्रियागत ढंगबाट ‘गाई’ वा ‘हलो’ मध्ये एक निर्णय हुनेनै छ। यो विवादले पार्टी एकता टुट्दैन। ढुक्क भए हुन्छ।’

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलबार  ७ : ४४ बजे

आजका समाचार : संसद्‌मा विपक्षीको विरोध कायमै, अझै बनेन संसद् हल, पाँच प्रदेशले ल्याए बजेट र मध्यपूर्व तनाव घट्ने, अमेरिका-इरानबीच सम्झौता

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीले मागे सरकारको जवाफप्रतिनिधिसभाको आजको बैठकमा

बालेनको व्यवहारले रास्वपा सांसदमाथि अनेक प्रश्न, रविले गर्न सकेनन् रूलिङ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको