बा, तिमीलाई कसले बनायो ? « Khabarhub

बा, तिमीलाई कसले बनायो ?



कविता

न कहिल्यै आँखामा आँसु,
न त कुनै गुनासो मनमा,
न थकान कहिल्यै आङमा,
न निन्द्रा प्यारो आधा रातमा ।
केवल एकजोर जडाउरीले छोपेको
मेरा बाको सिङ्गो शरीरमा ।

तिमीलाई चाहिने सामान बजारभरी छ, भारी छ,
तर घर फर्कंदा सधै तिमी भन्छौ, आज पनि बजारमा खाली छ ।
मलाई थाहा छ बा, मेरो रोजाईको चुइचुईं बज्ने चप्पल किन्न,
अथक प्रयत्न गर्दा पनि बाध्य भयौ आफ्नो मन मार्न ।

आधा कप चिया त दुई घुट्किमै सकिन्छ,
तर बा, त्यसमा नि तिमीले दुई भाग लगायौ ।
मैले भोक लाग्यो भन्दा आफ्नै गाँस काटेर पनि हर रात तिमी अघायौ ।
मैले बोलेर माग्न जान्नु अघि नै तिमीले मेरा हर रहर पूरा गर्‍यौ ।

ज्वरोले थलिएको दिन मेरा बा, तिमीले
मलाई शितल बनाउन, पङ्खा किनी ल्यायौ ।
तिम्रा जडाउरी लुगा उध्रिँदा समेत पहिले तिमीले
मेरा लागि नयाँ कपडा सिलायौ ।
अक्षर नचिनेका तिमीले
मलाई कसरी अफिसको सर बनायौ ।

आज बुझ्दै छु बा,
हिमाल भन्दा ठुलो तिम्रो स्नेहको अगाडि,
तिम्रो प्रेम र बलिदानको उपलब्धिमा
मैले ओढेको पहिचानलाई तिमीले मेरै मेहनतको मोहर लगादियौ ।
भगवान्ले त मागेपछि दिन्छन् रे,
तर नमागी दिने तिमीलाई कसले बनायो ?

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ५ : ५० बजे

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ

सिँचाइका लागि विद्युत् सेवा विस्तार

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई सिँचाइमा सहज पहुँच पुर्याउँदै कृषि

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

बाँके– नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र संरक्षणको

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण

बाँके– भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा किसानको

बाढीपहिरोले पाँच सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

काठमाडौँ– अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका