'विश्व मर्यादित महिनावारी दिवस’ मनाउन राष्ट्र संघमा प्रस्ताव गरिने | Khabarhub Khabarhub

‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन राष्ट्र संघमा प्रस्ताव गरिने


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्र संघमा प्रस्ताव राख्ने तयारी गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी दिवसलाई विश्वव्यापीरूपमा मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी भइरहेको बताएका हुन् ।

बुधबार ललितपुरमा आयोजित मर्यादित महिनावारी सम्बन्धी ‘भर्चुअल’ बैठकमा बोल्दै उनले सरकारले छिट्टै नेपाललाई ‘छाउगोठ मुक्त’ बनाउने घोषणा पनि गरे ।

त्यसका लागि नीति, कार्यक्रम र कार्यविधि बनाउने कामलाई अघि बढाएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित निकायलाई आग्रह गरे ।

सरकारले छाउगोठ जस्ता सामाजिक कुरीतिको अन्त्य गर्न नेपाललाई मर्यादित महिनावारीको देश बनाउने नीतिगत निर्णय गरिसकेको उनले जानकारी दिए ।

मन्त्री गुरुङले यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनाउने काम अघि बढाएको पनि बताए ।

‘सभ्य, सुन्दर र समुन्नत नेपाल निर्माण हुने गरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउन सरकार लागिपरेको छ,’ मन्त्री गुरुङले भने, ‘सरकारको यस अभियानमा साथ, सहयोग र सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार र सामाजिक संघ, संस्थाहरुलाई आह्वान गर्दछु ।’

त्यस अवसरमा मन्त्री गुरुङले समाजमा विद्यमान लैङ्गिक विभेद अन्त्यका लागि ‘लैङ्गिकमैत्री नीति’ निर्माण गर्ने काम अघि बढाइएको पनि बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ५ : ३४ बजे

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६