सीपीएल क्रिकेट : पहिलो खेलमा सन्दीपले लिए एक विकेट « Khabarhub

सीपीएल क्रिकेट : पहिलो खेलमा सन्दीपले लिए एक विकेट


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले विकेट हात पारेका छन् ।

जमैका तलाहवाजबाट खेलिरहेका सन्दीपले आफ्नो चार ओभरको स्पेलको अन्तिम ओभरमा एक विकेट लिन सफल भएका हुन् ।

सेन्ट लुसिया जुक्ससँग भइरहेको खेलमा सन्दीपले अफगानी खेलाडी नजिबुल्लाह जाद्रानलाई आउट गरेका हुन् ।

२० बलमा २५ रन बनाएर खेलिरहेका जाद्रान ठूलो सट प्रहार गर्ने क्रममा रोभमन पावेलको हातबाट समातिएका थिए । सन्दीपले ४ ओभरमा २३ रन खर्चदैँ १ विकेट लिएका हुन् ।

टस हारेर ब्याटिङ थालेको जुक्सले ताजा अवस्थामा पहिलो इनिङको खेल सकिदाँ ७ विकेट गुमाएर १५८ रन बनाएको छ ।

उसका लागि रस्टन चेजले ५२ रनको योगदान दिएका छन् । त्यसैगरी जमैकाका मुजिब उर रहमान र ओसेन थोमसले २- २ विकेट लिएका छन् ।

जमैकाले १५९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गर्दैछ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ९ : ४७ बजे

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले