बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न सञ्चारकर्मीलाई आग्रह « Khabarhub

बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न सञ्चारकर्मीलाई आग्रह


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ ।

विभागका शाखा अधिकृत वसन्तवहादुर खत्रीले सूचना जारी गर्दै उपत्यकामा समाचार सङ्कलन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विभागले यसअघि उपलब्ध गराएको सवारी पास प्रयोग गर्न आग्रह गरेका हुन् ।

सवारी साधन प्रयोग गर्दा प्रयोगकर्तालाई आफ्नो तस्वीरसहितको परिचयपत्र अनिवार्य लगाउनसमेत विभागले आग्रह गरेको छ । सञ्चारगृहलाई अत्यावश्यक काममा मात्र प्रयोग गर्न र परिस्थितिजन्य अवस्थालाई समेत ध्यानमा राखी न्यूनतम सवारी साधनमात्र प्रयोग हुन विभागले अपिल गरेको छ ।

कोरोना भाइरस (कोभिड– १९ )को सङ्क्रमण बढ्दै गएपछि आज राति १२ बजेदेखि यही भदौ १० गतेसम्म काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १० : ४० बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६