राहुल द्रवीडले गरे मेस्सीको प्रशंसा, खेल हेर्न सपरिवार पुगे मैदान « Khabarhub

राहुल द्रवीडले गरे मेस्सीको प्रशंसा, खेल हेर्न सपरिवार पुगे मैदान


२५ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय यु—१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक तथा पूर्व राष्ट्रिय टोलीका खेलाडी राहुल द्रवीडले विश्व चर्चीत फुटबल खेलाडी लियोनल मेस्सीको प्रसंशा गरेका छन् ।

आइतबार राति ला लिगामा भएको बार्सिलोना र एट्लेटिको मड्रिडबीचको खेल द्रवीडले लाइभ हेरेपछि उनले मेस्सीको प्रसंशा गरेका हुन् ।
स्पेन भ्रमणमा रहेका राहुलले क्याम्पा नाउमा भएको खेल हेर्न सपरिवार स्टेडियम पुगेका थिए ।

बार्सिलोनाले भारतीय टोलीबाट ३ पटक विश्वकप क्रिकेट खेलेका उनलाई बार्सिलोनाको टि—सर्टमा राहुल द्रवीडको नाम लेखेको टि—सर्ट सहित तस्विर सार्वजनिक गरेको छ ।

खेलपछि राहुलले बार्सिलोनासँग आफूले सधै क्याम्पा नाउमा बसेर लाइभ फुटबल हेर्न चाहेको बताउँदै त्यो चाहना पुरा भएको बताएका छन् ।
उनले आफ्ना लागि राम्रो अनुभव समेत बनेको बताए । त्यस्तै, उनले मेस्सीले जति राम्रो मैदानमा खेल प्रदर्शन गर्छन् त्यतिकै मैदान बाहिर पनि असल खेलाडी व्यत्तित्व भएको बताए ।

“यो अविश्वसनीय रह्यो । लियोनल मेस्सी र लुइस स्वारेजको खेल प्रत्यक्ष हेर्ने हरेकले चाहेका हुन्छन् जुन अवसर मैले र मेरो परिवारले पायो । यो अवसर पाउँदा खुशी लागेको छ । यस्तो सत्कारका लागि बार्सिलोना परिवारलाई धन्यवाद,” राहुलले अगाडि भने, भारतको एक नम्बर खेलका रुपमा रहेको क्रिकेटमा हामीले आईपीएल र टेस्टमा राम्रो दर्शकको साथ पाउँछौं र अहिले केही वर्षयता फुटबलले पनि भारतमा राम्रो माहोल बनाउँदै गएको छ ।”

राहुलले भारतका लागि सबै फम्र्याटमा गरी अन्तर्राष्ट्रिय खेलमा २४ हजार २ सय ८ रन बनाएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  ४ : १० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले