प्रिमियर लिगको खेल तालिका सार्वजनिक, च्याम्पियन लिभरपुलले पहिलो खेल लिड्ससँग खेल्ने | Khabarhub Khabarhub

प्रिमियर लिगको खेल तालिका सार्वजनिक, च्याम्पियन लिभरपुलले पहिलो खेल लिड्ससँग खेल्ने


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्ग्लीस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन सेप्टेम्बर १२ देखि हुने भएको छ । बिहीबार सार्वजनिक खेल तालिका अनुसार लिगको पहिलो दिन ६ खेल हुनेछन् ।

गएको सिजनको च्याम्पियन लिगभरपुलले दोस्रो डिभिजन लिग च्याम्पियनसिपको विजेता लिड्स युनाइटेडसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

यस्तै, पहिलो दिन क्रिस्टल प्यालेस र साउथह्यामटन, फुलहाम र आर्सनल, होटनहाम हट्स्पुर र एभर्टन, वेष्ट वर्नमाउच र लेस्टर सिटी, वेष्ट हाम युनाइटेड र न्यूक्यासल युनाइटेडबीचको खेल हुनेछ ।

लिगमा म्यान्चेस्टर सिटी र एस्टोन भिल्ला, बर्नलि र म्यान्चेस्टर युनाइटेडबीचको खेल भने पुन: तय हुने बताइएको छ । गएको सिजनमा लिभरपुलले ७ खेल अगाडि नै लिगको उपाधि जित निश्चित गरेको थियो । यस्तै, सिटीले दोस्रो स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ३ : ०२ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

आज २०८२ साल कात्तिक १९ गते बुधवारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)