दश वर्षपछि फेरि बन्न थाल्यो तिनाउको पुल « Khabarhub

दश वर्षपछि फेरि बन्न थाल्यो तिनाउको पुल



बुटवल– रुपन्देहीको मणिग्राम र मोतिपुर जोड्ने पक्की पुलको निर्माण १० वर्षपछि फेरि सुरु भएको छ । लुम्बिनी परिक्रमा सडक अन्तर्गत तिनाउ नदीमा बन्ने यो पुलको ठेक्का सम्झौता २०६७ असार २५ गते भएको थियो ।

बुद्धजन्मस्थललाई जोड्ने गरी देवदहदेखि लुम्बिनीसम्म ४२ किलोमिटरको लुम्बिनी परिक्रमा अन्तर्गतको गर्ने उक्त पुल निर्माणमा ढिलाइ भए पनि एक वर्षभित्र सम्पन्न हुने जनाइएको छ ।

दुई वर्षदेखि ठप्प भएको निर्माणको काम वैकल्पिक डिजाइन स्वीकृत भएपछि मङ्गलबार सुरु भएको साइट इञ्जिनियर दुर्गा गौतमले बताए । पुलको पाँच भागमध्ये दुई भाग ढलान भइसकेको छ । बाँकी तीन भागको पिलर र ढलानको काम आगामी असारसम्ममा सम्पन्न हुने गरी काम सुरु गरिएको गौतमले बताए ।

पुल निर्माणका लागि साढे २ वर्षको म्याद २०६९ पुस २४ मा सकिए पनि पटकपटक थप गरी २०७२ असार २५ सम्म पुर्‍याइएको थियो । त्यस यता म्याद थप स्वीकृत नभए पनि केही काम भइरहेको थियो ।

गत असारमा नयाँ डिजाइन स्वीकृति र भेरिएशन भएपछि निर्माणको म्याद आगामी फागुनसम्म पुर्‍याइएको छ । तीनवटा पिलर राख्ने क्रममा जमिनमुनि चट्टान भेटिएपछि निर्माण अलपत्र परेको थियो ।

डिभिजन सडक कार्यालय बुटवलका इञ्जिनियर गौतमले परामर्शदाताले पुलको गलत डिजाइन गर्दा समस्या भएको बताए । उनले फागुनसम्म निर्माण सक्न कठिन हुने तर चालु आर्थिक वर्षभित्र काम सम्पन्न हुने बताए ।

‘काम गर्ने क्रममा जमिन मुनिको ढुङ्गामाटोको प्रकृति पुलको डिजाइनभन्दा फरक पाइयो । पिलर चाहिने जति गहिराइमा जान सकेन,’ गौतमले भने, ‘यसै कारण डिजाइन नै परिवर्तन गरी काम गर्नुपर्दा ढिलो भयो ।’ निर्माण कम्पनीमार्फत अर्को परामर्शदाताबाट अध्ययन गराउँदा डिजाइन फरक भएको पाइएको थियो ।

गौतमका अनुसार डिजाइन फरक भएपछि परीक्षण गर्न सडक विभागले पुलचोक इञ्जिनियरिङ कलेजसँग मद्दत मागेको थियो । इञ्जिनियरिङ कलेजको विज्ञ टोलीले अनुसन्धान गर्दा ८ र ९ मिटरको गहिराइमा चट्टान रहेको देखिएको थियो ।

चट्टानको कारण बाँकी तीनवटा पिलर राख्न नसक्दा काम रोकिएको थियो । अब सरासर काम हुने डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।

इञ्जिनियरिङ क्याम्पसको टोलीले तयार गरेको नयाँ डिजाइन स्वीकृत भएपछि काम थालिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख इञ्जिनियर मेघराज मरासिनीले बताए ।

उनले आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । नयाँ डिजाइन अनुसार पाइल सिष्टमबाट पिलर तयार गरिने मरासिनीको भनाइ छ ।

पुलको सुरुको डिजाइन नर्थ स्टार इञ्जिनियरिङ कन्सल्टेन्ट प्रालि र फिडाले संयुक्त रूपमा गरेका थिए । गलत डिजाइन बनाउने परामर्शदातालाई कुनै कारबाही भएको छैन । नयाँ डिजाइनपछि पुल निर्माणको लागि एलिट कन्स्ट्रक्सनसँग १० करोड ३७ लाख ९५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।

हिउँदमा खोलाबाटै सवारी ओहोरदोहोर गर्छन् । वर्षातमा भने सडक बन्द हुन्छ । पुल बनेपपछि लुम्बिनी परिक्रमामार्फत बुद्धको मावली देवदह र जन्मस्थललाई जोड्नेछ । तिनाउपारिका ७ वटा गाविस र वारीका ४ वटा गाविस गरी ११ गाविसका बासिन्दा उक्त पुलबाट लाभान्वित हुनेछन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १ : ३१ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत