प्रभासको फिल्म ‘आदिपुरुष’ मा सैफ भिलेन ? « Khabarhub

प्रभासको फिल्म ‘आदिपुरुष’ मा सैफ भिलेन ?


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – कोरोना भाइरसका कारण गरिएको लकडाउनले गर्दा बलिउड ४ महिना ठप्प भयो । अहिले भने बलिउडमा फिल्म निर्माणका घोषणा गर्न थालिएको छ ।

हालै बाहुबली स्टार प्रभासको फिल्म ‘आदिपुरुष’ निर्माणको घोषणा गरिएको थियो । यो फिल्मलाई एक पौराणिक फिल्म भनिएको छ । फिल्ममा रामायणको पनि एक हिस्सा हुनेछ ।

यतिबेला चर्चा चलेको छ कि, सैफ अली खानले यो फिल्ममा रावणको भूमिका निभाउनेछन् । रावणको भूमिका निभाउनका लागि सैफ अली खानलाई प्रस्ताव गरिएको छ ।

सैफले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यसअघि सैफले फिल्म ‘तान्हाजी’ मा खलनायकको भूमिका निर्वाह गरेका थिए । उक्त फिल्मबाट उनले खुबै तारिफ पाएका थिए ।

‘आदिपुरष’ मा प्रभाससँगै दीपिका पादुकोणको पनि अभिनय रहने जनाइएको छ । यो फिल्म तमिल, कन्नड र मलायालम भाषामा पनि रिलिज हुनेछ भने फिल्मलाई थ्रीडीमा समेत निर्माण गरिनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १२ : २४ बजे

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका

मन्त्रीहरूलाई सुझाव वर्षमानको सुझाव : शासकीय अहङ्कार नदेखाउनू, जनताले कालोझण्डा देखाइसके

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता वर्षमान पुनले शासकीय अहङ्कार नदेखाउन