इन्टर मिलानलाई पराजित गर्दै सेभिल्लाले जित्यो युरोपा लिगको उपाधि | Khabarhub Khabarhub

इन्टर मिलानलाई पराजित गर्दै सेभिल्लाले जित्यो युरोपा लिगको उपाधि


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालियन क्लब इन्टर मिलानलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्लाले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभिल्लाले उपाधि जितेको हो ।

सेभिल्लाको जितमा लुक डी योङले दुई गोल तथा डिएगो कार्लोसले एक गोल गरे । इन्टरका रोमेरो लुकाकु र डिएगो गोडीनले एक/एक गोल गरे पनि जितका लागि पर्याप्त भएन ।

कोलोग्ने स्टेडियममा खेलको पाँचौं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै इन्टरलाई १-० को अग्रता दिलाए पनि त्यो ६ मिनेटभन्दा बढी टिक्न सकेन ।

१२औं मिनेटमा योङले गोल गर्दै सेभिल्लालाई १-१ गोलको बराबरीमा ल्याए । जिसस नाभासको क्रसमा योङले हेड गोल गरेका थिए ।

३३औं मिनेटमा योङले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई २-१ को अग्रता दिलाए । ३६औं मिनेटमा इन्टरका गोडीनले गोल गर्दै खेल खेल २-२ गोलको बराबरीमा पुर्‍याए ।

खेलको ७४औं मिनेटमा कार्लोसले गोल गर्दै सेभिल्लालाई ३-२ को जित दिलाए । कार्लोसको एक्रोब्याटिक प्रहार इन्टरका लुकाकुलाई लाग्दै गोलमा परिणत भएको थियो ।

यससँगै सेभिल्लाले छैटौं पटक युरोपा लिगको उपाधि जित्न सफल भएको छ । सेभिल्ला ६ पटक युरोपा लिग जित्ने एक्लो टिम हो ।

पछिल्लो पटक सेभिल्लाले २०१६ मा युरोपा लिग जितेको थियो । इन्टरले सन् १९९८ यता युरोपा लिग जितेको छैन ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ६ : ०० बजे

आईपीएल : दिल्लीविरुद्ध गुजरात १० विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङ पुल

झापा – अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल जेठ ५ गते सोमबार। जेठ

आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल जेठ ५ गते सोमबार। जेठ