नेकपा कार्यदलले बुझायो प्रतिवेदन « Khabarhub

नेकपा कार्यदलले बुझायो प्रतिवेदन


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले आज अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले अपराह्न पौने ५ बजे प्रतिवेदन बुझाएको जनाएका छन् ।

पार्टीको विवाद समाधानका सूत्र पहिल्याउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए । कार्यदल गठनको निर्णय सचिवालय बैठकले अनुमोदन गरेको थियो ।

कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य थिए । पार्टीका तीन पक्षको प्रतिनिधित्व हुने कार्यदल गठन भएको थियो ।

कार्यदलले सर्वसम्मतिले प्रतिवेदन तयार पारेको थापाले जनाएका छन् ।

 

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ५ : ३० बजे

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग

कञ्चनपुर – कञ्चनपुरको लिटिल बुद्ध एकेडेमीले भोटेकोशी बाढीपीडितका लागि रु

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ