भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्यमा आएन सुधार, अझै अचेत अवस्थामै उपचार « Khabarhub

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्यमा आएन सुधार, अझै अचेत अवस्थामै उपचार


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको अस्पतालले जनाएको छ ।

एक हप्ताअघिदेखि अचेत अवस्थामा रहेका मुखर्जीको अवस्थामा कुनै परिवर्तन नआएको दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालले जनाएको छ ।

अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ बर्षीय मुखर्जीको अधिकांश स्वास्थ्य सूचकमा कुनै परिवर्तन आएको छैन ।

स्वासप्रश्वासमा समस्या भएपछि गत अगस्ट १० मुखर्जीलाई दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको छ ।

‘श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,’ अस्पतालद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ६ : १४ बजे

गभर्नर पौडेललाई बर्खास्त गर्न जेन-जी युनाईटेडको माग

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने

विधान महाधिवेशनको मसी सुक्न नपाउँदै निर्णयमा तोडमोड, नेता व्यवस्थापनका नाममा दशौँमै फर्किए ओली

काठमाडौं- शुक्रबार बसेको सचिवालय बैठकले फेल गरेको प्रस्ताव अध्यक्ष केपी

आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्ति अन्त्य गर्नुपर्छ : महानिरीक्षक कार्की

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आन्दोलनमा प्रहरीलाई निशाना बनाउने प्रवृत्तिलाई

अष्टलक्ष्मी र युवराज अब एमालेको केन्द्रीय समितिबाट बाहिरिने

काठमाडौं– एमाले उपाध्यक्ष द्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टीको

पक्की पुल निर्माणले नागरिकलाई सहज बनायो

गुल्मी– लामो समयको प्रतीक्षापछि गुल्मीको पश्चिम क्षेत्रमा पक्की पुल निर्माण