भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्यमा आएन सुधार, अझै अचेत अवस्थामै उपचार « Khabarhub

भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्यमा आएन सुधार, अझै अचेत अवस्थामै उपचार


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था अझै स्थिर रहेको अस्पतालले जनाएको छ ।

एक हप्ताअघिदेखि अचेत अवस्थामा रहेका मुखर्जीको अवस्थामा कुनै परिवर्तन नआएको दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालले जनाएको छ ।

अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ बर्षीय मुखर्जीको अधिकांश स्वास्थ्य सूचकमा कुनै परिवर्तन आएको छैन ।

स्वासप्रश्वासमा समस्या भएपछि गत अगस्ट १० मुखर्जीलाई दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको छ ।

‘श्री प्रणब मुखर्जीको अवस्था अहिले पनि उस्तै रहेको छ, पहिले जस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन,’ अस्पतालद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ६ : १४ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी