इंग्ल्यान्डविरूद्धको तेस्रो टेष्टमा पाकिस्तानको खराब सुरूवात « Khabarhub

इंग्ल्यान्डविरूद्धको तेस्रो टेष्टमा पाकिस्तानको खराब सुरूवात


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्ल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टेस्टमा पाकिस्तानले खराब सुरूवात गरेको छ ।

साउथह्याम्पटनको द रोज बलमा दोस्रो दिन शनिबार इंग्ल्यान्डले ५ सय ८३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेसँगै ब्याटिङ थालेको पाकिस्तानले खराब सुरूवात गरेको हो ।

पहिलो इनिङ्स सुरू गरेको पाकिस्तानले दोस्रो दिनको खेल समाप्तिसम्म १०.५ ओभरमा २४ रन जोड्दा ३ विकेट गुमाएको छ । पाकिस्तान अझै ५५९ रनले पछि छ ।

यसअघि ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाउँदै इंग्ल्यान्डलाई उच्च स्कोरमा पुर्‍याए ।

पहिलो दिन शतक बनाएका क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा उनको यो पहिलो दोहोरो शतक हो ।

यस्तै जोस बट्लरले १ सय ५२ रनको शतकीय इनिङ्स खेले । त्यसबाहेक इंग्ल्यान्डका क्रिस वोक्सले ४० रन जोड्दा डम बेस २७ रनमा अविजित रहे । कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए ।

पाकिस्तानका यासिर शाह, शहिन अफ्रिदी र फावद आलमले २/२ विकेट लिए ।

दुई टिमबीचको यो खेल निर्णायक रहेको छ ।  तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । यसअघि दोस्रो टेष्ट बर्षाले प्रभावित भएपछि बराबरी भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ६ : १५ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट