इंग्ल्यान्डविरूद्धको तेस्रो टेष्टमा पाकिस्तानको खराब सुरूवात « Khabarhub

इंग्ल्यान्डविरूद्धको तेस्रो टेष्टमा पाकिस्तानको खराब सुरूवात


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्ल्यान्डविरुद्धको अन्तिम तथा तेस्रो टेस्टमा पाकिस्तानले खराब सुरूवात गरेको छ ।

साउथह्याम्पटनको द रोज बलमा दोस्रो दिन शनिबार इंग्ल्यान्डले ५ सय ८३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेसँगै ब्याटिङ थालेको पाकिस्तानले खराब सुरूवात गरेको हो ।

पहिलो इनिङ्स सुरू गरेको पाकिस्तानले दोस्रो दिनको खेल समाप्तिसम्म १०.५ ओभरमा २४ रन जोड्दा ३ विकेट गुमाएको छ । पाकिस्तान अझै ५५९ रनले पछि छ ।

यसअघि ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाउँदै इंग्ल्यान्डलाई उच्च स्कोरमा पुर्‍याए ।

पहिलो दिन शतक बनाएका क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा उनको यो पहिलो दोहोरो शतक हो ।

यस्तै जोस बट्लरले १ सय ५२ रनको शतकीय इनिङ्स खेले । त्यसबाहेक इंग्ल्यान्डका क्रिस वोक्सले ४० रन जोड्दा डम बेस २७ रनमा अविजित रहे । कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए ।

पाकिस्तानका यासिर शाह, शहिन अफ्रिदी र फावद आलमले २/२ विकेट लिए ।

दुई टिमबीचको यो खेल निर्णायक रहेको छ ।  तीन खेलको सिरिजमा इंग्ल्यान्ड १-० ले अघि रहेको छ । यसअघि दोस्रो टेष्ट बर्षाले प्रभावित भएपछि बराबरी भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ६ : १५ बजे

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ