आज ८१८ कोरोना संक्रमित थपिए, २८१ डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज ८१८ कोरोना संक्रमित थपिए, २८१ डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या ३१,९३५ पुग्यो


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कुन जिल्लामा कति थपिए ?

डा. गौतमका अनुसार  प्रदेश १ को झापामा ४ महिला र ६ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । मोरङमा
२१ महिला र २९ पुरुष गरी  ५० जना, सुनसरीमा १ महिा र ८ पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ का जिल्लाहरुमध्ये धनुषामा १७ महिला र ४३ पुरुष गरी ६० जना, पर्सामा ३१ महिला र १०८ पुरुष गरी
१३९ जना, बारामा ६ महिला र ३३ पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी महोत्तरीमा ५ महिला र २९ पुरुष गरी ३४, रौतहटमा २ महिला र ७ पुरुष गरी ९, सप्तरीमा ४ जना, सर्लाहीमा ११ महिला र ८० पुरुष गरी ९१, सिरहामा १४ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी बाग्मती प्रदेशको काठमाण्डौमा ४७ महिला र ७९ पुरुष गरी १२६, भक्तपुरमा ११ महिला र १७ पुरुष गरी २८ जना र ललितपुरमा ७ महिला र ५ पुरुष गरी १२ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेशकै  काभ्रेपलान्चोकमा १३ महिला र १४ पुरुष गरी २७ , दोलखामा ३ महिला र ३ पुरुष गरी ६ जना, धादिङमा १ जना, मकवानपुरमा १ जना, रसुवामा १ जना, रामेछाप २ जना र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३ महिला र २ पुरुष गरी ५ जना, गोरखामा २ जना, नवलपरासी पूर्वमा ३ महिला र ३ पुरुष  गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै प्रदेश ५ को अर्घाखाँचीमा १ महिला र ११ पुरुष गरी १२, कपिलवस्तुमा १ महिला र १० पुरुष गरी ११ जना, नवलपरासीमा ९ महिला  र २१ पुरुष गरी ३०, पाल्पामा महिला र पुरुष गरी २ जना, प्युठानमा २ जना, बर्दियामा २ जना, बाँकेमा ५ महिला र ६ पुरुष गरी ११ जना, रुकुम पूर्वमा १ जना, रुपन्देहीमा ६ महिला र २२ पुरुष  गरी २८ जना र रोल्पामा १ जनामा कोरोना पुष्टि भएको छ  ।

यसैगरी कर्णाली प्रदेशको जुम्लामा महिला र पुरुष गरी २ जना, रुकुम पश्चिममा  २ महिला र ४ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको अछाममा ४ महिला र १९ पुरुष गरी २३, डडेल्धुरामा २ जना, दार्चुलामा १ जना, बझाङमा १ महिला र २ पुरुष गरी ३ जना, बैतडीमा १ महिला र ३ पुरुष गरी ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज २२० महिला र ५९८ पुरुष गरी ८१८ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ रहेको छ ।

यी हुन ५ सय भन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला

पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
मोरङ
सर्लाही

२८१ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार ६३१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा १२८० जना

प्रदेश २ मा ४१९४ जना

वाग्मती प्रदेश ७६७ जना

गण्डकी प्रदेशमा १६१०जना

प्रदेश ५ मा ४४२३ जना

कर्णाली प्रदेशमा १९७७ जना

सुदूरपश्चिम प्रदेशमा ४३८० जना

यी हुन कोरोना संक्रमणमुक्त भएका ३ जिल्ला

म्याग्दी
मुस्ताङ
हुम्ला

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४६ पुगेको थियो । आज थप ३ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ५ : १९ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल