६ जिल्लामा ५ सय बढी कोरोना संक्रमित, ३ जिल्ला संक्रमणमुक्त | Khabarhub Khabarhub

६ जिल्लामा ५ सय बढी कोरोना संक्रमित, ३ जिल्ला संक्रमणमुक्त


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ६ जिल्लामा ५ सय भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यी हुन ५ सय भन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला

पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
मोरङ
सर्लाही

यसैगरी हालसम्म ३ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । जसमा म्याग्दी, मुस्ताङ र हुम्ला रहेका छन् । ती जिल्लामा रहेका सबै कोरोना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा आइतबार  थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार ६३१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार आज थप ३ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ४ : ५४ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ७ गते बुधबार। साउन

आज २०८२ साल साउन ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ७ गते बुधबार। साउन

आफूसँग प्रतिस्पर्धा गर्न तयार पूर्वराष्ट्रपतिलाई रोक्ने ओलीको प्रस्तावमा एमालेले लगायो ‘लालमोहोर’

काठमाडौं- नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

ओलीले विद्यालाई रोक्ने घोषणा गर्दा एमाले बैठकमा विरोध र हो-हल्ला, मध्यरातमा सकियो समापन भाषण

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई