काठमाडौंमा समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न कठिन : स्वास्थ्य मन्त्रालय « Khabarhub

काठमाडौंमा समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न कठिन : स्वास्थ्य मन्त्रालय


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा केही दिनयता संक्रमणदर बढ्दै गएको हुँदा त्यसतर्फ सचेत हुन आग्रह गरे ।

उनले काठमाडौंमा धेरै जनसंख्या भएकाले समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने बताए ।

‘काठमाडौंमा बढिरहेको संक्रमितको संख्याले हामीलाई चिन्तित बनाएको छ,’ उनले भने, ‘उपत्यकाको जनसंख्या झन्डै ५० लाख छ । यहाँ संक्रमण समुदायस्तरमा पुग्यो भने कन्ट्रोल गर्न धेरै कठिन हुनेवाला छ ।’

जनस्वास्थ्यकाे मापदण्ड अपनाउन मन्त्रालयले गर्दै आएको अनुरोध पालना नभएकाले पनि काठमाडाैंमा संक्रमण बढेको बताए ।

उनले राजनीतिक दल, संघसंस्थालाई भेला, जुलुस नगर्न सचेत गराए पनि त्यो राम्रोसँग पालना नभएको उल्लेख गरे ।  अत्यावश्यक नभई घरबाट ननिस्कने, दूरी कायम नगरेकाे, मास्कको प्रयोग, हात धुने नियम सबैलाई पालना गर्न समेत उनले आग्रह गरे ।

काठमाडौं उपत्यकामा आज मात्रै थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरी जम्मा १६६ जना संक्रमित थपिएका हुन् ।

यसअघि शनिबार काठमाडौँ उपत्यकामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका १६० जना, ललितपुरका ६ र भक्तपुरका ५० जना थिए ।

काठमाडौं उपत्यकामा हालसम्म ३ हजार ९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

काठमाडौमा २ हजार ४ सय ५३, ललितपुरमा ३ सय ९९ र भक्तपुरमा २ सय ४४ संक्रमित रहेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ५ : ३४ बजे

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै

‘ह्वील अफ फर्च्यून’ टेलिभिजन शो होस्ट गर्दै अक्षय कुमार

काठमाडौं– बलिउडका चर्चित अभिनेता अक्षय कुमार लामो समयपछि टेलिभिजनमा पुनः

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य