कास्कीमा भदौ १२ सम्म थपियो निषेधाज्ञा « Khabarhub

कास्कीमा भदौ १२ सम्म थपियो निषेधाज्ञा


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्कीमा निषेधाज्ञा अवधि ५ दिन थपिएको छ । कोरोना भाइरस संक्रमित बढेसँगै निषेधाज्ञाको अवधि भदौ १२ गतेसम्मका लागि लम्ब्याइएको हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आइतबार निषेधाज्ञा आदेश जारी गर्दै भदौ १२ गते राति १२ बजेसम्म कायम रहने जानकारी दिएका हुन् । यस अघि पाँच दिनका लागि भदौ २ देखि निषेधाज्ञा जारी गरिएको थियो ।

पुनः थपिएको निषेधाज्ञा अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन र हिँडडुल नगर्न भनिएको छ ।

यस अवधिमा निर्माण कार्य तथा उद्योगहरू सञ्चालनमा पनि बाधा नपुग्ने निषेधाज्ञा आदेशमा उल्लेख छ । निर्माणसँग सम्बन्धित सामग्री बिक्री गर्ने पसलहरू भने साँझ ५ देखि ७ बजेसम्म खोल्न पाइने छ ।

खाद्यान्न, फलफूल, तरकारी, माछा मासु दूध डेरीजन्य पसल बिहान ५ देखि ८ र साँझ ५ देखि ७ सम्म खोल्न सकिने जनाइएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ५ : ५४ बजे

कांग्रेस नेताहरू, बुद्धिजीवी र जेन-जीलाई एकैठाउँ राखेर शेखरले गरे संवाद

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देश र कांग्रेस

पेड इन्टर्नशिप माग गर्दै डाक्टर, इन्जिनियरको पोसाकमा प्रदर्शन

काठमाडौं– विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नशिप सुनिश्चित गर्न माग गर्दै

ठेक्का रकम समायोजन वा म्याद थप गर्न निर्माण व्यवसायीको माग

काठमाडौं– कोशी प्रदेशका निर्माण व्यवसायीहरूले ठेक्का रकम समायोजन वा म्याद

कर्मचारी पँजनीमै गुज्रियो स्वास्थ्यमन्त्री मेहताको एक महिना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको नयाँ सरकारमा स्वास्थ्य तथा जनसंख्या

छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

गोरखा– जिल्लाको हिमाली भेग छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर