काठमाडौं – ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या ३६ लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा २३ हजार ८५ जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३६ लाख ५ हजार ७८३ पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २७ लाख ९ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ३७३ जनाको उपचार भइरहेको छ ।
कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख १४ हजारभन्दा बढीको मृत्यु भएको छ ।
सोमबार यो समाचार तयार पार्दासम्म एकै दिन ४९५ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार ७७२ पुगेको हो ।
प्रतिक्रिया