पर्सा- कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने इन्जेक्सन कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मीलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।
रेम्डेशिभिर नामक इन्जेक्सनको कालोबजारी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित वीरगञ्जका विभिन्न अस्पतालमा काम गर्दै आएका स्वास्थ्यकर्मी ताहिर अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अन्सारीसँगै भारत रक्सौलका एक पुरुष पनि पक्राउ परेका छन् । शनिबार राति पक्राउ परेका अन्सारीले दिएको वयानका आधारमा रक्सौलका एक पुरुषलाई वीरगन्जको इनर्वाबाट आइतबार साँझ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरूले कोरोना संक्रमितका परिवारजनलाई रेम्डेशिभिर नामक इन्जेक्सन साढे २८ देखि ३३ हजार रूपैयाँ लिएर विक्री गरेको प्रहरीको दाबी छ ।
नेपाल सरकारले उक्त खोपको अधिकतम मूल् ७ हजार ६ सय रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया