एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या | Khabarhub Khabarhub

एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो ।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।

भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ ।

भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ । आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।

खरेले सञ्चारमाध्यमहरुलाई आफूहरुले वैज्ञानिक रुपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १२ : ३८ बजे

अभिनेत्री साम्राज्ञी शाहले गरिन् इन्गेजमेन्ट 

काठमाडौं– नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले इन्गेजमेन्ट गरेकी छिन् ।

कर्णाली सरकारले तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले तुइन पूर्ण रुपमा मुक्त गर्ने योजनालाई

दीपक पनि आउट भएपछि दबाबमा चितवन, गुमायो तीन विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सका

हिमपात र शीतलहरबाट ५० जिल्ला प्रभावित हुने अनुमान

काठमाडौं–  सरकारले हिउँदमा हिमाली तथा उच्च पहाडी र तराई-मधेसमा सम्भावित

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं– सोमबार मध्यरातमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४