एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या « Khabarhub

एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो ।

आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ । ती सबै शवलाई प्रहरीले अहिले पोष्टमार्टमका लागि पठाइएको जानकारी दिएको छ । उनीहरु एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन ।

भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ ।

भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ । आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको सो टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।

खरेले सञ्चारमाध्यमहरुलाई आफूहरुले वैज्ञानिक रुपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्ने बताएका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  १२ : ३८ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६