स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न मानव अधिकार आयोगको आग्रह « Khabarhub

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्न मानव अधिकार आयोगको आग्रह


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटेका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ ।

काठमाडौँ, चितवनलगायत देशका विभिन्न जिल्लाहरुमा कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।

आयोगले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगबाट अनुगमन भइरहेको जनाएको छ ।

सो क्रममा उपचारमा अहोरात्र खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेराहाली धम्की तथा दुर्व्यवहार गरेको पाइएको पनि आयोगले जनाएको छ ।

आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनस्वस्थ्य सङ्कटको वर्तमान अवस्थामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरुलाई सहयोग र प्रोत्साहन गर्नुपर्नेमा उनीहरुमाथि नै अभद्र र अमानवीय व्यवहार प्रदर्शन गरिनु अत्यन्त दुःखद पक्ष हो ।’

आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा रही नागरिकको जीवन रक्षाको लागि कार्य गर्ने स्वास्थ्यकर्मीहरुमाथि भएका दुर्व्यवहार तथा अमानवीय कार्यले जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्ने प्रति सचेत हुन, उनीहरुप्रति सहयोग र सम्मानजनक व्यवहार गर्दै नागरिकको कर्तव्य पालना गर्न आयोग आग्रह गरेको छ ।

आयोगले कानुनको दायरा नाघेर हुने यस प्रकारका घटनाहरुको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको । हालको जनस्वास्थ्य सङ्कटको अवस्थामा उच्च मनोबलका साथ काम गर्नुपर्ने पेशाकर्मीहरुको मनोबल र प्रतिष्ठामा प्रत्यक्ष असर पर्ने प्रकृतिका गतिविधि हुन नदिन सरकारलाई पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ३ : ४६ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा