आज काठमाडौं उपत्यकामा थपिए २२४ कोरोना संक्रमित | Khabarhub Khabarhub

आज काठमाडौं उपत्यकामा थपिए २२४ कोरोना संक्रमित


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी जम्मा २२४ जना संक्रमित थपिएका छन् ।

यअसघि आइतबार काठमाडौं उपत्यकाम १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका ४७ महिला र ७९ पुरुष , भक्तपुरका ११ महिला र १७ पुरुष र ललितपुरमा ७ महिला र ५ पुरुष रहको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

नेपालमा सोमबार आज थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३२ हजार ६७८  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ थियो ।

पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार ८०६ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार आज थप ८ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।

आज सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला, रुपन्देहीकी ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षीय तीन जना पुरुषको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ४ : १९ बजे

तनहुँमा एक हजार पाँच सय मतदाता थपिए

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बर्खामा गुल्जार बन्ने बुकीपाटन हिउँदमा सुनसान 

बागलुङ– बर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान

एनआरएन इन्फ्रास्ट्रक्चरले प्रस्ताव गर्‍याे ४२ प्रतिशत लाभांश

काठमाडौं– एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको

लागूपदार्थ सेवन गरी सवारी चलाउने छ जना पक्राउ

काठमाडौं– ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी काठमाडौँ उपत्यकामा सवारी चलाउने

तोलामा २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज