रुपन्देहीमा कोरोनाले एकै दिन ४ जनाको मृत्यु « Khabarhub

रुपन्देहीमा कोरोनाले एकै दिन ४ जनाको मृत्यु


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुपन्देहीमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपन्देहीकी ६७ वर्षीया महिला र ३८, ५३ र ५४ वर्षीय पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसहित पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार मृत्यु हुने अन्यमा सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साका ७० वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला, काठमाडौंकी ४८ वर्षीया महिला रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ५ : ०० बजे

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य