बुटवलमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार हुँदै « Khabarhub

बुटवलमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार हुँदै

संक्रमण जितेका चिकित्सकले नै गरे रक्तदान



बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोना संक्रमित बिरामीको उपचारमा ‘प्लाज्मा थेरापी’ विधि सुरु गरिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेशन कक्षमा भेन्टिलेटरमा रहेकी ७० वर्षीया एक एक महिलाको उपचारमा प्लाज्मा थेरापी सुरु गरिएको हो ।

पहिलोपटक एक जना चिकित्सकबाटै रगत लिएर प्लाज्मा थेरापी सुरु गरेको कोरोना अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । लुम्बिनी प्रादेशिक अस्पतालका कार्यरत डा. साजन श्रेष्ठले रगत दान गरेका हुन् । डा. साजन कोरोना संक्रमणबाट हालै निको भएका हुन् ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले प्लाज्मा थेरापी विधि सफल भए अरू बिरामीमा पनि उपचार सुरु गरिने जानकारी दिए ।

कोरोनाको छुट्टै औषधि पत्ता नगालेको अवस्थामा मृत्यु रोक्न सकिन्छ कि भन्ने उद्देश्यले प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको र पहिलो उपचार सफल भए अन्यमा समेत प्रयोग गरिने डा. खनालले बताए ।

अस्पतालका अनुसार आइसोलेशनको सघन उपचार कक्षमा १७ जना संक्रमितहरूको उपचार भइरहेको छ । ती मध्ये दुई जना गम्भीर अवस्थाका बिरामी भेन्टिलेटरमा छन् ।

अस्पतालका चिकित्सक डा. सम्राट पराजुलीले भने, ‘यस क्षेत्रमा (बुटवलमा) यो पहिलो भएको छ, हामी सबै लागेर यो कार्य अघि बढाएका हौँ सफल होला सबैको विश्वास गरौँ ।’ यो उपचारमासबै चिकित्सक, नर्स, नेपाल रेडक्र लगायतको महवपूर्ण भूमिका रहेको उनले बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा प्लाज्मा थेरापीका लागि डा. सुदर्शन थापा क्षेत्रीको नेतृत्वमा ९ जना चिकित्सको टिम रहेको छ ।

हालै त्रिवि शिक्षण अस्पताल काठमाडौंमा कोरोना संक्रमित एक चिकित्सकको प्लाज्मा थेरापी विधिबाट सफल उपचार भएको थियो ।

कोरोना संक्रमणबाट निको भएका व्यक्तिको रगतबाट प्लाज्मा छुट्याएर संक्रमित व्यक्तिलाई दिई उपचार गर्ने पद्धति प्लाज्मा थेरापी हो । यो उपचारबाट संक्रमित बिरामीमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : १४ बजे

‘अपरेसन ३६५’ अन्तर्गत १० वटा मोटरसाइकल नियन्त्रणमा

गण्डकी – जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सञ्चालित ‘अपरेसन ३६५’ अन्तर्गत

ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध

काठमाडौं – नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस

एमालेको वर्तमान संरचना र कार्यशैली ‘रिसेट’ गर्नुपर्छ : सुरेन्द्र पाण्डे

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीको वर्तमान संरचना

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र