गत वर्ष नेपालको आर्थिक बृद्धिदर २.२८ प्रतिशत :  नेपाल राष्ट्र बैंक    | Khabarhub Khabarhub

गत वर्ष नेपालको आर्थिक बृद्धिदर २.२८ प्रतिशत :  नेपाल राष्ट्र बैंक   


८ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको गत वर्षको आर्थिक बृद्धिदर २.२८ प्रतिशतमा सीमित भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी प्रतिवेदनमा आर्थिक बृद्धिदर २.२८ प्रतिशत रहेको जनाएको हो ।

केन्द्रीय तथ्यांक विभागका आधारमा आर्थिक वर्ष २०७६/७७ मा २.२८ प्रतिशत आर्थिक वृद्धि भएको राष्ट्र बैँकले जनाएको छ ।

गत आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि २.५९ प्रतिशत, उद्योग क्षेत्रको ३.२३ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि १.९९ प्रतिशत रहेको अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७.६५ प्रतिशत, १४.२७ प्रतिशत र ५८.०८ प्रतिशत रहेको छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार  ७ : ३५ बजे

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा

तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र

तनहुँ– नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज