भारतमा एकै दिन ५९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

भारतमा एकै दिन ५९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा एकै दिन ५९ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ५९ हजार ६९६ जना संक्रमित भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ६४ हजार ८८१ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २४ लाख ३ हजार १०१ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ३ हजार २३४ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ५८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८५४ जनाको मृत्यु भएपछि भारतमा मंगलबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५८ हजार ५४६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ५ : ४० बजे

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको

सन्तानको हुटहुटीले ‘डिभोर्सी’ जोडीको पुनर्मिलन !

छुटिएको एक जोडी पति पत्नीको सम्बन्ध पुनः कायम होस् भनेर