हङकङमा एकै व्यक्तिमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

हङकङमा एकै व्यक्तिमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कोरोना संक्रमणमुक्त भइसकेका व्यक्तिमा पनि फेरि संक्रमण हुने गरेको तथ्य फेला परेको छ ।

हङकङमा एक ३० वर्षीय युवामा साढे ४ महिनाको अन्तरालमा दोस्रो पटक कोरोना संक्रमण भएको पाइएको बीबीसीले जनाएको छ ।

एकै व्यक्तिमा दोस्रो पटक संक्रमण देखिनु एकदमै विरलै भएको र त्यसबाट आत्तिनु पर्ने अवस्था नभएको विज्ञहरूले बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पनि एक व्यक्तिमा देस्रो पटक देखिएको दुर्लभ केसलाई सामान्यकरण गर्न नहुने जनाएको छ ।

हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरू भने उही व्यक्तिमा कोरोनाभाइरसको पुनःसंक्रमण भेटिएसँगै केही व्यक्तिहरुमा कोरोनाविरुद्धको प्रतिरोधात्मक शक्ति केही महीनासम्म मात्रै रहने निष्कर्षमा पुगेका छन् ।

ती युवामा पहिलो पटक कोरोना भाइरस संक्रमणका क्रममा सामान्य लक्षण मात्र देखिएका थिए । पुनःसंक्रमणमा भने उनमा कुनै पनि लक्षण देखिएको छैन ।

ती युवा पछिल्लोपटक स्पेन भ्रमणबाट फर्किएका थिए । उनी भ्रमणकै क्रममा नयाँ कोरोनाभाइरसबाट संक्रमित भएको चिकित्सकको ठहर छ ।

उनमा देखिएका अहिलेका लक्षण गत जुलाईमा युरोपमा देखिएको भाइरससँग मिल्दो खालको भएको अनुसन्धानकर्ताहरुले बताएका छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ६ : ०५ बजे

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच

पहिरोले हेटौँडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक अवरुद्ध

बागमती – हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–कुलेखानी–सिस्नेरी– दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

बाजुरामा बस दुर्घटना हुँदा ३० जना घाइते

बाजुरा – मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज

कराते स्टार एरिका गुरुङ सम्मानित

काठमाडाैं – नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित