आज पाचौँ चरणको उद्धार उडान शुरू हुँदै | Khabarhub Khabarhub

आज पाचौँ चरणको उद्धार उडान शुरू हुँदै


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना महामारी लगायत विभिन्न कारणले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको स्वदेश फिर्तीका लागि आज पाचौँ चरणको उद्धार उडान शुरू हुने भएको छ ।

यसअघि क्वरेण्टीनको व्यवस्था हुन नसकेको भन्दै रोकिएको चार्टर्ड उडान फेरि सञ्चालन गर्ने निर्णय भएसँगै आजदेखि उडान हुन लागेको हो ।

विदेशबाट फर्कनेको साथमा कोरोना नभएको रिपोर्ट भएमा होटल क्वारेन्टिनमा बस्न नपर्ने निर्णयसमेत गरिसकेको छ ।

यस्तो छ उडान तालिका

मंगलबारबाट लागू हुने गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ तालिका तय गरेको छ । यसअनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाले यूएईबाट नेपाली ल्याउने छ ।

बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट नेपाली ल्याउन चार्टर्ड उडान भर्नेछ । नेपाली कम्पनीको उडान तालिका भने बिहीबार मात्र छ । बिहीबार नेपाल एअरलाइन्सले रियाद र हिमालय एअरलाइन्सले दमामबाट नेपाली ल्याउनका लागि उडान भर्नेछन् ।

त्यसै दिन यूरोप र अमेरिकाबाट पनि यात्रु लिएर टर्किस एअर आउने छ । फर्कने सबैको पीसीआर रिपोर्ट हुनुपर्छ । पीसीआर नभएका यात्रु ल्याएमा उनीहरुलाई क्वरेण्टीनमा राखेको खर्च एअरलाइन्सले नै बेहोर्नुपर्छ ।

टर्किस र कतार एअरले एक उडानमा मात्र १ सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले जनाएको छ । सरकारले दैनिक पाँच सय जनाको मात्र उद्धार गर्ने जनाएको छ ।

सङ्क्रमण जोखिम कम भएका र पीसीआर परीक्षण सहज भएका देशबाट भदौं १६ गतेदेखि नियमति उडान हुनेछ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : १२ बजे

म्याग्दीको पात्लेखेत पहिरोको जोखिममा

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-१० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ

उच्च अदालतले पनि छोड्न मानेन रविलाई, माग्यो कैफियत प्रतिवेदन

काठमाडौँ- उच्च अदालत दाङको बुटवल इजलासले पनि सहकारी ठगीमा हाल

संवैधानिक इजलासमा गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र

चिप्ले खोल्सी सिँचाइ आयोजनाको ड्याममा डुबेर एक जनाको मृत्यु

गोरखा–  पालुङटार नगरपालिका-७ सल्लाघारी कटरपाटा बस्ने ५४ वर्षीय काली बहादुर बरामको सोही

साउनमा १४ अर्बभन्दा बढी सरकारी ऋण थपियो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिनामा रु १४