तनाव झेल्दै आलिया « Khabarhub

तनाव झेल्दै आलिया


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय कलाकार सुशान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि व्यापक बहस भयो । स्टारकिडलाई यो मामिलामा झन् शिकार बनाइयो ।

कलाकार आलिया भट्ट पनि टेपोजिज्मको शिकार भइन् । आलिया आफ्ना बुवाका कारण अभिनय क्षेत्रमा जमेको भन्दै व्यापक विरोध भयो ।

आलिया अझ बढी शिकार बन्नुको एउटा कारण के पनि हो भने सुशान्तकी पूर्वप्रेमिका रिया चक्रवर्ती र महेश भट्टबीच राम्रो सम्बन्ध छ । केही समयअघि यी दुईको ह्वाटसएप च्याट भाइरल भएको थियो ।

आलियालाई दर्शकहरुले रिजेक्ट गरिरहेका छन् । हालै उनी अभिनित फिल्म ‘सडक २’ को ट्रेलर युट्युबमा रिलिज गरिएको थियो । उक्त ट्रेलर रिलिज भएको केही समयमै लाखौंलाख डिसलाइक आएको थियो ।

आलियालाई सामाजिक सञ्जालमा पनि ट्रोल बनाइएको छ । दर्शकले उनलाई बहिष्कार गर्नुपर्ने अभियान चलाइरहेका छन् । उनीसँगै अन्य कलाकार पनि छन्, जो नेपोटिज्मको शिकार भइरहेका छन् ।

अहिले भारतीय फिल्म वृत्तमा चर्चा चल्न थालेको छ, आलियालाई फिल्ममा लिन पनि निर्माताहरुले चाहिरहेका छैनन् । करौंडोको लगानी डुब्न सक्छ भनेर निर्माताले आलियामाथि लगानी गर्न डराएको भारतीय मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् ।

आलियाको शीर्ष भूमिका रहेका फिल्म ‘गुडबाइ काठियावाड’ रिलिजका क्रममा छ । यस्तै ‘सडक २’ अगस्त २८ मा ओटीटीमा रिलिज हुँदैछ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : १४ बजे

कर्णालीविरुद्ध पाचौँ विकेट गुमाएपछि सुदूरपश्चिम दबाबमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत सोमबार जारी दोस्रो खेलमा सुदूरपश्चिम

भुम्लुमा जग्गाधनी पहिचान गर्दै लालपुर्जा दिइँदै

काभ्रेपलाञ्चोक– भुम्लु गाउँपालिकाको दुई वडामा करिब पाँच दशकअघिदेखिको लालपुर्जाको समस्या

लुम्बिनी प्रदेशसभामा जेन-जी आन्दोलनको विषय प्रवेश

लुम्बिनी– लुम्बिनी प्रदेशसभाका सदस्यहरूले जेन-जी आन्दोलनको विषय उठान गरेका छन्

‘जारी २’ को व्यापार कमजोर, ग्रस कलेक्सन ६ करोड पुग्नै मुस्किल

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आएको फिल्म ‘जारी २’लाई

चार विकेट गुमाएपछि कर्णालीविरुद्ध सुदूरपश्चिमको ब्याटिङ संकटतिर

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत सोमबारको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध