दोहोरो गेम खेल्दैछिन् रिया ? सुशान्तका वकिलको यस्तो आरोप « Khabarhub

दोहोरो गेम खेल्दैछिन् रिया ? सुशान्तका वकिलको यस्तो आरोप


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – केन्द्रीय जाँच ब्यूरो (सीआइबी) को विशेष टिमले सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणबारे सबै कोणबाट जाँच गरिररहेको छ ।

लामो समय भइसक्दा पनि सुशान्तको आत्महत्याको कारण खुल्न सकेको छैन । यस घटनासँग जोडिएका घटनाका बारेमा दैनिक समाचार आइरहेका छन् ।

यसैबीच सुशान्तको परिवारको केश हेरिरहेका विकास सिंहले रिया चक्रवर्तीमाथि आरोप लगाएका छन् । उनले रियाले दोहोरो भूमिका खेलेको आरोप लगाउँदै सुशान्तको परिवारलाई कहिल्यै सहयोग नगरेको बताएका छन् ।

अधिवक्ता विकास सिंहले भने, ‘रियाको परिवारले कुनै सहयोग गरेन, जब ठूलो दुर्घटना भएको थियो, उनले परिवारप्रति समवेदना पनि प्रकट गरेकी थिइनन् ।’

सीबीआई जाँचको माग उठ्दा पनि रियाले विरोध जनाएकी थिइन् । ती अधिवक्ताले सुप्रिय कोर्टबाट आफ्नो याचिका फिर्ता लिन पनि भनेका छन् ।

सुशान्तले गत १४ जुनमा बान्द्रास्थित फ्ल्याटमा मृत भेटिएका थिए । परिवारले उनको हत्या भएको हुनसक्ने भन्दै आवाज उठाएको थियो ।

पछि सुशान्तका बुबाले रियाविरुद्ध बिहार प्रहरीमा उजुरी दिएका थिए । यो घटनामा सीबीआईले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ४ : २९ बजे

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का