नेप्सेको उकालो यात्रा जारी « Khabarhub

नेप्सेको उकालो यात्रा जारी


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झण्डै १० अङ्कले बढेको छ ।

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि सरकारले निषेधाज्ञा जारी गरेको भएपनि शेयर बजारमा भने त्यसले असर पारेको छैन । पछिल्ला तीन दिनमा बजार लगातार उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ९.३४ बिन्दुले बढेर एक हजार ४४०.९४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८३ ले वृद्धि भई २९८.९७ मा पुगेको छ । कूल १८९ कम्पनीको ३९ लाख ४० हजार ६९१ कित्ता शेयर रु एक अर्ब ८५ करोड ५१ लाख ८० हजार ५१० मा खरिद बिक्री भएका छन् । लगातार शेयर बजार उकालो लाग्दा बजार पूँजीकरणसमेत बढेर झण्डै रु १९ खर्ब बराबरको भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ३.०६, उत्पादन ७.२५ र सामूहिक लगानी कोष ०.०१ ले घटेको छ ।

यस्तै बैंकिङ १.९२, होटल १०.२, विकास बैंक २.७७, जलविद्युत् ९.०५, वित्त १.२, निर्जीवन बीमा ३२.२६, अन्य १८.५७, लघुवित्त २०.०८ र जीवन बीमा १५१.७३ ले बढेको छ । कारोबारका आधारमा आज शीर्ष स्थानमा नेपाल पुनरबीमा कम्पनी रहेको छ । सो कम्पनीको रु २८ करोड ७४ लाख पाँच हजार ८९८ बराबरको कारोबार भएको छ ।

यस्तै, नेको इन्स्योरेन्स रु १४ करोड २६ लाख ५५ हजार २०६, सूर्या लाइफ इन्स्योरेन्स रु आठ करोड ४३ लाख ५६ हजार १०५, नेपाल लाइफ इन्स्योरेन्स रु आठ करोड नौ लाख ९७ हजार ३७० र एशियन लाइफ इन्स्योरेन्स कम्पनी रु पाँच करोड ९१ लाख २२ हजार ७५१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार नेपाल पुनरबीमा कम्प्नी ७.६९, आशा लघुवित्त वित्तीय संस्था ६.१९ , सूर्या लाइफ इन्स्योरेन्स ५.९१, पञ्चकन्या माइ हाइड्रोपावर ५ र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ४.७४ प्रतिशतले कमाए ।

त्यस्तै, समृद्धि फाइनान्स यूनियन हाइड्रोपावर ६.५४, नेशनल हाइड्रोपावर ४.९२, पोखरा फाइनान्स २.६१ र रिडी हाइड्रोपावरका लगानीकर्ताले २.३३ प्रतिशतले कमाए ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ५ : ५० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल