कांग्रेस नेता रञ्जितको निधनप्रति देउवाद्वारा दु:ख व्यक्त | Khabarhub Khabarhub

कांग्रेस नेता रञ्जितको निधनप्रति देउवाद्वारा दु:ख व्यक्त


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता गोविन्द रञ्जितको निधनप्रति दुःख व्यक्त गरेका छन्।

कांग्रेस काठमाडौं महानगरपालिका वडा-२१ कार्यसमितिका सभापति रञ्जितको उपचारका क्रममा आज बिहान ६७ वर्षको उमेरमा निधन भएको हो।

सभापति शेरबहादुर देउवाले एक शोक विज्ञप्तिमार्फत् श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

२०३६ देखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ६ : १३ बजे

नयाँ बजेटमा युवाको नजर

सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि सार्वजनिक गरेको बजेटमा

विश्व संगीत दिवस : राष्ट्रिय थारू कलाकार मञ्चले काठमाडौंमा वृहत कार्यक्रम गर्ने

काठमाडौं– राष्ट्रिय थारू कलाकार मञ्चले असार ७ गते काठमाडौंमा वृहत

भारतको एक पटाका कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु

काठमाडौं– भारतको उत्तर प्रदेशमा पर्ने अमरोहामा एक पटाका कारखानामा विष्फोट

इजरायलबाट नेपालीलाई फर्काउने कि सरकार ?

काठमाडौं– नेपाली समाजमा एउटा आहान छ– इयाली बियाँली दिन गुमाई,

निराशा होइन, आशाको सञ्चार जरुरी छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले निराशाभन्दा आशाको