कोरोना अस्पताल बनाउन सहयोग « Khabarhub

कोरोना अस्पताल बनाउन सहयोग


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना विशेष अस्पताल निर्माणका लागि नेपालगञ्ज उद्योग वाणिज्य संघले रु. ५ लाख ५१ हजार सहयोग गरेको छ ।

निजी क्षेत्रका उद्योगी व्यवसायीको छाता सङ्गठनका रुपमा रहेको उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्व बहन गर्दै आर्थिक सहयोग गरेको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी दिए ।

संघका अध्यक्ष मन्सुरीले कोरोना विशेष अस्पताल निर्माण समितिका संयोजक डा. श्यामसुन्दर यादवलाई आज उक्त रकम वरावरको चेक हस्तान्तरण गरेका हुन् ।  कोभिड संकट समाधानका लागि बाँकेका निजीक्षेत्र सक्रियतापूर्वक लागेको स्मरण गर्दै अध्यक्ष मन्सुरीले आगामी दिनमा पनि अभियान जारी रहने उल्लेख गरे ।

अध्यक्ष मन्सुरीले आर्थिक सहयोगका लागि अगाडि सरेका नेपालगञ्जका उद्योगी, व्यवसायीलाई संघका तर्फबाट धन्यवाद समेत व्यक्त गर्नुभएको छ । अस्पताल निर्माणका लागि उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेकोमा कोभिड विशेष अस्पताल निर्माण समितिका संयोजक डा. यादवले आभार प्रकट गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले कोरोना सङ्कट समाधानमा निजीक्षेत्रले महत्वपूर्ण भूमिका निभाउदै आएको बताए । उनले स्वास्थ्य मापदण्ड पालना सन्तोषजनक भएको तर त्यसैमा हौसिने अवस्था नरहेकोले सचेत रहन आग्रह समेत गरे ।

नेपालगञ्ज उद्योग वाणिज्य संघले कोभिड विशेष अस्पताल निर्माणसँगै यसअघि पनि विभिन्न क्षेत्रमा आर्थिक एवं स्वास्थ्य सामग्रीको सहयोग गरेको महासचिव चिरञ्जीवी वलीले जानकारी दिए ।

भेरी अस्पतालका अध्यक्ष प्रमोद धितालले कोभिड अस्पताल निर्माणको अभियान शुरु भएको छोटो समयमै निजी क्षेत्र र सरकारी कर्मचारीको तर्फबाट भएको आर्थिक सहयोग उत्साहजनक रहेको बताए ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ७ : ३९ बजे

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा