रुकुममा गोली प्रहार गरी लागुऔषध कारोवारी पक्राउ « Khabarhub

रुकुममा गोली प्रहार गरी लागुऔषध कारोवारी पक्राउ


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम – प्रहरीले रुकुमपश्चिममा दुई लागुऔषध कारोवारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार, पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको थियो ।

गोली प्रहारबाट एक घाइते भएका छन् भने उनीसँगै अर्का एक जना पक्राउ परेका छन् । एक जना भने भागेको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते हुनेमा रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुन छन् । उनको तिघ्रामा गोली लागेको र थप उपचारका लागि नेपालगञ्ज सिफारिस गरिएको छ ।

उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीका अनुसार अर्का जयप्रकाश घर्ती भने फरार छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  १२ : ३३ बजे

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौं– आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को

नवीकरणीय ऊर्जा र दक्षता कार्यक्रमका लागि दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा

ब्राजिलका फ्यानलाई नेमाइर खोज्न बाध्य बनाउने मोरोक्को

काठमाडौं – स्टार खेलाडीले भरिएको ब्राजिल र फुटबलका शक्ति राष्ट्रलाई

काठमाडौं महानगरको स्वास्थ्य योजना : बाइक एम्बुलेन्सदेखि मानसिक स्वास्थ्य कल सेन्टरसम्म

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वास्थ्य

नयाँ पार्टीको तयारीमा धवल-दुर्गा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएका नेता धवलशमशेर राणा र