लक्षण नभएका संक्रमितलाई १४ दिनपछि परीक्षणविनै डिस्चार्ज गर्न निर्देशन « Khabarhub

लक्षण नभएका संक्रमितलाई १४ दिनपछि परीक्षणविनै डिस्चार्ज गर्न निर्देशन


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमतिलाई १४ दिनपछि कोरोना परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै सामाजिक विकास मन्त्रालय तथा कोरोना विशेष अस्पतालहरुलाई परिपत्र गरेर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्न निर्देशन दिएको हो ।

लक्षण बिहीन कोरोना संक्रमितको संक्रमण पुष्टि भएको १० दिन पछि पुनः परीक्षण गरी डिस्चार्ज गर्न आग्रह गरेको छ ।

कोरोना संक्रमण भएको १० दिनपछि कोरोना परीक्षण गरि रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

डा गौतमले १० दिनपछि भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएमा १४ दिन पछि पुनः परीक्षण नगरी डिस्चार्ज गर्न समेत सबै कोरोना विशेष अस्पताललाई निर्देशन दिएका छन् ।

उनले १४ दिन भन्दा बढी समय अस्पतालमा राखेमा त्यसको खर्च सरकारले नव्यहोर्ने बताए ।

 

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ५ : २९ बजे

लियोनल मेस्सीले लिए अर्जेन्टिना राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास

भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा

एनआरएनए र अन्तरराष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा गैरआवासीय नेपाली