बार्सिलोनाले भन्यो – मेस्सीसहितको बलियो टिम बन्नेछ « Khabarhub

बार्सिलोनाले भन्यो – मेस्सीसहितको बलियो टिम बन्नेछ


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्ना स्टार खेलाडी तथा कप्तान लियोनल मेस्सीबारे स्पेनिस महारथी बार्सिलोनाले मौनता तोडेको छ ।

मंगलबार राति मेस्सीले अध्यक्ष जोसेफ बर्तमोउलाई आफू क्लब छाड्ने योजनामा पुगेको भन्दै पत्र पठाएका थिए ।

तर, बुधबार बार्सिलोनाका सेटिङ डाइरेक्टरले उक्त विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । उनले क्लबले ६ पटकको बालन डि अर खेलाडी क्लबमा रहुन् भन्ने चाहेको बताएका छन् ।

स्पोटिङ डाइरेक्टर रामोन प्लानेसले मेस्सीले आउँदो सिजन पनि बार्सिलोनाबाट खेल्ने विश्वास व्यक्त गर्दै भनेका छन्, ‘हामीले आशा गरेका छौं कि गएको सिजनभन्दा आगामी सिजनमा बलियो तरिकाले फर्किनेछौं । त्यसमा मेस्सी पनि हुनेछन् ।’

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँगको ८–२ गोल अन्तरको फराकिलो हारपछि मेस्सीले क्लब छाड्ने योजना सार्वजनिक भएको हो । क्लबले मेस्सीका लागि ७ सय मिलियनको रिलिज क्लज खोलेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : २८ बजे

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज