विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म २ करोड ४३ लाख २३ हजार ८१ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये १ करोड ६८ लाख ४९ हजार ३३१ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ६ हजार ३१९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २८ हजार ८८७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार २२७ जनाको मृत्यु भएको छ । ३४ लाख ३४ हजार ३१७ जना संक्रमित भएकोमा २० लाख २० हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६३ हजार ७६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७० लाख ९१ हजार ६१५ पुगेको छ । त्यसमध्ये ४० लाख ३८ हजार ७४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३४ हजार ८९८ जनाको मृत्यु भएको छ । ६५ लाख ७८ हजार ८६१ जना संक्रमित भएकोमा ५२ लाख ४२ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९४ हजार ७३३ जनाको मृत्यु भएको छ । ५९ लाख ७२ हजार ४४८ जना संक्रमित भएकोमा ४५ लाख ७९ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ६५६ जनाको ज्यान गएको छ भने १२ लाख १६ हजार ५५८ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ४५ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५७६ जनाको मृत्यु भएको छ । २७ हजार ७८४ जना संक्रमित भएकोमा २२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ७ : ०७ बजे

बेलायतमा नेपाली भजन महोत्सव

बेलायत– बेलायतमा बसोबास गर्दै आएका नेपालीहरुको संस्था ‘साझा नेपाली समाज

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

३५ वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका– २४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक

बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि