प्रदेश अस्पताल सुर्खेतका ६ चिकित्सकमा सङ्क्रमण, ओपिडी सेवा बन्द | Khabarhub Khabarhub

प्रदेश अस्पताल सुर्खेतका ६ चिकित्सकमा सङ्क्रमण, ओपिडी सेवा बन्द


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ ।

अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

अस्पतालका निर्देशक डा.डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर, सङ्क्रमण भएका व्यक्तिबाट जोखिम बढेको छ ।

हाल  कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचारारत छन् । चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ ।

एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने निर्देशक खड्काको भनाइ छ  । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ७ : ५० बजे

किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल

रोकिएन रास्वपाको किचलो, सचिवालय विस्तारप्रति तोसिमाको गम्भीर आपत्ति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पछिल्लो समय देखिएको किचलो

आन्दोलनरत नर्सका माग सम्बोधन गर्न समिति गठन 

काठमाडौं– सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन

वीरगञ्जमा झिलीमिली बत्ती लगाउँदा करेन्ट लागेर एकको मृत्यु

वीरगञ्ज– वीरगञ्ज महानगर–१ छपकैयाका १७ वर्षीय युवाको घरमा झिलीमिली बत्ती लगाउने

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख सङ्कलन

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन-जी प्रदर्शनका क्रममा आगजनी