कोरोनाले गर्भवतीसहित पर्सा, रूपन्देही, कास्की र ललितपुरमा थप ४ जनाको मृत्यु « Khabarhub

कोरोनाले गर्भवतीसहित पर्सा, रूपन्देही, कास्की र ललितपुरमा थप ४ जनाको मृत्यु


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेपालमा थप ४ जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

एक गर्भवतीसहित पर्सामा २ जना तथा रूपन्देही, कास्की र ललितपुरमा एक/एक जना गरी गएराराति र आज विहान थप ४ जनाको मृत्यु भएको हो ।

वीरगञ्जस्थित नारायण अस्पतालमा धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको छ ।

भदौ ८ मा नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा बुधबार साँझ ६:२२ मा मृत्यु भएको अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

यस्तै भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी २३ वर्षीया महिलाको पनि उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको डा.सिंहले जानकारी दिए । मृतक महिला ३३ हप्ताकी गर्भवती थिइन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ ।

भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएर उपचारका लागि अस्पताल भर्ना भएकी पोखरा-११ कि ३२ वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

कपिलवस्तुका कोरोना संक्रमित एक पुरूषको पनि बुधबार राति मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको बुटवलस्थित बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनको भेन्टिलेटरमा उपचारका क्रममा बुधबार राति १०:४५ बजे मृत्यु भएको थापाले जानकारी दिए ।

भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

पाटन अस्पतालमा पनि आज बिहान ललितपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ। आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १० : ४२ बजे

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट

निर्मल पुर्जासहित मृत आरोहीलाई प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् दिए श्रद्धाञ्जली

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’