किष्ट मेडिकल कलेजमा उपचाररत संक्रमितको मृत्यु « Khabarhub

किष्ट मेडिकल कलेजमा उपचाररत संक्रमितको मृत्यु


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- किष्ट मेडिकल कजेमा काठमाडौंका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका चिफ अप्रेटिङ अफिसर अनिश पाठकका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–११ का ५५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

पाठकका अनुसार ती पुरुष कडा खालको निमोनियाको समस्या लिएर भदौ ७ गते किष्ट मेडिकल कलेजमा भर्ना भएका थिए । उनमा भदौं ९ गते कोरोना पुष्टि भएको थियो । ती पुरुषको १० गते बेलुका ८ बजे मृत्यु भएको पाठकले बताए ।

“हाम्रो अस्पतालमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ,” पाठकले खबरहबसँग भने, “उहाँ काठमाडौं तारकेश्वर नगरपालिकाका ५५ वर्षका पुरुष हुनुहुन्छ ।”

योसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी बुधबार साँझ र बिहीबार बिहान सम्ममा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाटन अस्पतालमा ललितपुरकी ६५ वर्षीका एक महिला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराकी ३२ वर्षकी महिला, लुम्विनी प्रादेशिक अस्पतालमा कपिलवस्तुका ५० वर्षका पुरुष, रुपन्देहीकी७० वर्षकी महिला, नारायणी अस्पतालको कोभिड अस्पतालमा बाराक २३ वर्षकी महिला, पर्साका ७२ वर्षका पुरुष र तथा वीरगञ्ज हेल्य केयरको कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १२ : ५७ बजे

सुदूरपश्चिम महोत्सवमा ‘थारू कला प्रदर्शनी घर’

कैलाली– सुदूरपश्चिममा एउटा उत्सवकै रूपमा विकास भइसकेको ‘सुदूरपश्चिम महोत्सव’को १९औँ

प्रि ओपन सेसन : झिनो अंकले घट्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको