प्रहरीको गोली लागी मृत्यु भएका आलमका परिवारसँग ७ बुँदे सहमति « Khabarhub

प्रहरीको गोली लागी मृत्यु भएका आलमका परिवारसँग ७ बुँदे सहमति


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापा गाउँपालिका –३ मा प्रहरीको गोली लागी बुधबार मृत्यु भएका रफिकुल आलमका परिवारलाई रु १० लाख क्षतिपूर्तिवापत रकम उपलब्ध गराउनेलगायत ७ बुँदे सर्वपक्षीय सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल काजकिरिया खर्चवापत गाउँपालिकाले रु ५० हजार उपलब्ध गराउने छ ।

त्यस्तै छोराछोरीको शिक्षादीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने, सामाजिक सद्भाव बिग्रन नदिन दुवै पक्ष सजग रहने, क्षतिपूर्तिवापत संघीय र प्रदेश सरकारसँग रु १० लाख उपलब्ध गराउन पहल गर्ने, शव परिवारले बुझेर परीक्षण गरी अन्त्येष्टि गर्नेलगायत सहमति भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।

सहमतिपछि शुक्रबार परिवारले शव बुझ्ने छ । सो घटनाको थप अनुसन्धान गर्नका लागि गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको संयोजकत्वमा प्रहरी नायब उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुखसहितको तीन सदस्यीय छानबिन समिति गठन गरेको जनाइएको छ ।

छलफलमा संघीय सांसद, प्रदेशसभा सदस्यसहित स्थानीय जनप्रतिनिधि, पीडित परिवार, राजनीतिक दल र सामाजिक अगुवाको सहभागिता थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ७ : ५२ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि