लमजुङमा कार्यरत १२ प्रहरीसहित गण्डकीमा थपिए २० संक्रमित  « Khabarhub

लमजुङमा कार्यरत १२ प्रहरीसहित गण्डकीमा थपिए २० संक्रमित 


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा शुक्रबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शुक्रबार थप २० जनामा कोरोना पुष्टि भएको हो  । नयाँ संक्रमितहरु लमजुङका १६ जना र नवलपरासी पूर्वका ४ जना रहेका छन् ।

संक्रमित मध्ये १२ जना बेशीसहरमा कार्यरत नेपाल प्रहरीका जवान रहेका छन् भने एक जना थुनुवा रहेका छन् । त्यस्तै एक जना महिला बेशीसहर सामुदायिक अस्पतालका कर्मचारी रहकी छन् । त्यस्तै एक जान नवलपरासी पूर्व, देवचुली-१ कि ५४ बर्षिय महिला स्वास्थ्यकर्मी रहेकी छन् ।

बाँकी अन्य सबै कन्ट्रयाक्ट ट्रेसीङबाट पत्ता लागेका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १६७२ रहेको छ भने निको हुने दर ८४.६९ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेशमा अहिलेसम्म २०५६ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : २७ बजे

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित