संक्रमित बढेपछि रुपन्देहीमा सुरक्षा सतर्कता बढाइँदै | Khabarhub Khabarhub

संक्रमित बढेपछि रुपन्देहीमा सुरक्षा सतर्कता बढाइँदै


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही । कोभिड–१९ संक्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि प्रदेश नं ५ का विभिन्न जिल्लामा निषेधाज्ञा तथा लकडाउन गरिएको छ ।

समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि रुपन्देहीसहित प्रदेशका विभिन्न जिल्लामा सुरक्षा सतर्कताका लागि निषेधाज्ञा तथा लकडाउन गरिएको हो । कतिपय जिल्लामा लकडाउन यथावत छ भने कतै लकडाउनको तयारी गरिएको छ ।

शुक्रबार मात्रै रुपन्देहीमा ५२ जना नयाँ कोभिड–१९ संक्रमित थपिएका छन् । जिल्लाका विभिन्न ल्याबमा गरिएका परीक्षणमा दिउँसोसम्ममा जिल्लाका छ पालिकाका ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।

सबैभन्दा धेरै सिद्धार्थनगरमा १८, बुटवल उपमहानगरपालिकामा १७, तिलोत्तमामा पाँच, मायादेवीमा दुई, शुद्धोधनमा दुई र ओमसतियामा आठ जनामा संक्रमण देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पतालको ल्याब र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार २३ महिला र २९ पुरुषमा संक्रमण देखिएको छ ।

शुक्रबार थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको सङ्ख्या आठ सय ६५ पुगेको छ भने मृतकको संख्या आठ पुगेको छ । जिल्लामा तीन सय ६० जनाले कोरोना जितेका छन् ।

जिल्लामा संक्रमण बढेपछि प्रशासन कार्यालयले नियन्त्रणका लागि लकडाउनलाई निरन्तरता दिइएको छ । प्रशासनले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ३० बजे

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला