पर्सामा थप तीन कोरोना संक्रमितको मृत्यु « Khabarhub

पर्सामा थप तीन कोरोना संक्रमितको मृत्यु


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज — पर्साको वीरगञ्जमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी ६५ वर्षकी एक बृद्धा, वीरगञ्ज –१२ का वर्ष ४३ का एक पुरुष र वीरगञ्ज –२२ मनियारीका ३७ वर्षका पुरुष छन् ।

नारायणी अस्पताल प्रशासनका अनुसार मनियारीका ३७ वर्षीय पुरुषलाई शुक्रबार राति पौने १२ थप उपचारका लागि काठमाडौं रिफर गरिएकोमा उनको शनिबार बिहान मुग्लिङनजिकै मृत्यु भएको छ ।

यस्तै वीरगञ्ज–१२ का ४३ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति ११ बजेर ५५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको छ । उनी हेपाटाइटीस बी र एचआईभी एड्सका पनि बिरामी थिए ।

वीरगञ्ज १२ मुर्ली निवासी ६५ वर्षीया महिलाको पनि शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.‍अतुलेश चौरसियाले जानकारी दिएका छन् । थप तीन जनाको मृत्यु भएसँगै पर्सामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ९ : १८ बजे

ट्राफिक कारबाहीमा एकैदिन करिब २१ लाख राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

वातावरण संरक्षणका लागि कानूनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले वातावरण संरक्षणका लागि नीतिगत तथा कानूनी व्यवस्थासँगै

नेकपाका सांसदलाई अभिमूखीकरण तालिम

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमूखीकरण तालिम

चिडियाखानालाई दश लाख रुपैयाँ सहयोग

काठमाडौँ– प्रभु शम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको

एसीसी महिला प्रिमियर कप : हङकङविरुद्ध नेपाल बलिङमा

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम