१९७ जना कोरोना संक्रमित सिकिस्त विरामी | Khabarhub Khabarhub

१९७ जना कोरोना संक्रमित सिकिस्त विरामी


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालका विभिन्न अस्पतालमा उपचार गराइरहेका १९७ जना कोरोना संक्रमितको अवस्था चिन्ताजनक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट विभिन्न अस्पतालमा उपचार गराइरहेका १९७ जना संक्रमितको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

स्वास्थ्य अवस्था गम्भीर भएका १७५ जना आईसीयू र २२ जना भेन्टिलेटरमा रहेका छन् । अति गम्भिर अवस्थामा पुगेर भेन्टिलेटरमा रहेका २२ जनामध्ये सबैभन्दा धेरै बागतमी प्रदेशका अस्पतालहरुमा छन् ।

मन्त्रालयको तथ्यांकका अनुसार बागमती प्रदेशमा १७ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना कोरोना संक्रमति भेन्टिलेटरमा छन् ।

यस्तै आईसीयूमा रहेका संक्रमतिहरु सबैभन्दा धेरै बागमती प्रदेशमा नै रहेका छन् । बागमती प्रदेशका अस्पतालहरुमा ७८ जना, प्रदेश २ मा ३८ जना,  कर्णालीमा २४ जना, प्रदेश ५ का १७ जना, प्रदेश १ मा १५ जना र गण्डकी प्रदेशमा ३ जना संक्रमित आईसीयूमा रहेको मन्त्रालयको तथ्यांक छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार सम्ममा नेपालमा ३७ हजार ३ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २०७ जना संक्रमतिको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ५५ बजे

दक्षिण अफ्रिकाबाट ‘फास्ट ट्रयाक’ मा अमेरिका पुगे शरणार्थी

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  शरणार्थी योजना अनुसार दर्जनौँ श्वेत

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

काठमाडौं– इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी

संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल गरिने

काठमाडौं– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज

यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका र चीनको सहमतिले युरोपको शेयर बजार सकारात्मक 

जुरिच– अमेरिका र चीनबीच ‘ट्यारिफ’ (भन्सार ) शुल्क समायोजन गर्ने  सहमति