भारतीय ट्रकको ठक्करबाट अटोरिक्सा चालकको मृत्यु « Khabarhub

भारतीय ट्रकको ठक्करबाट अटोरिक्सा चालकको मृत्यु


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको बर्दिबासमा आज भारतीय ट्रकको ठक्करबाट एक अटोरिक्सा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१ बस्ने अटोरिक्सा चालक शम्भु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

वडा नं १ स्थित सडकमा रोकिराखेको ना ३ स २३६१ नम्बरको अटोरिक्सालाई मालसामान बोकी आएको आजे २ जिबी ३३४७ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा अटोरिक्सामा बसिरहेका चालक श्रेष्ठको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते चालक श्रेष्ठलाई उपचारका लागि स्थानीय जनसेवा अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने भारतीय ट्रक र चालक भारतकै अरबिन कुमार बलाइतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ७ : ०९ बजे

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले