भक्तपुरमा होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु « Khabarhub

भक्तपुरमा होम आइसोलेसनमा रहेका संक्रमितको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । उनको होम आइसोलेसनमै मृत्यु भएको हो ।

कोरोना संक्रमण भएर पनि घरमै बसिरहेका भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको सोही वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिएका छन् ।

मृतक मधुमेह र उच्च रक्तचापका बिरामी थिए । भदौ ११ गते गरिएको पीसीआर रिपोर्ट अनुसार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ। भक्तपुरमा होम आइसोलेसनमा बसेका संक्रमितको पहिलो पटक मृत्यु भएको हो। भक्तपुरमा यसअघि कोरोनाबाट ६ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १० : ५० बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा